नियम १२२
कार्यसम्पादन मूल्याङ्कन फाराम सम्बन्धी व्यवस्था
(१) कर्मचारीको कार्य सम्पादन
मूल्याङ्कन फाराम अख्तियारवालाले तोके बमोजिम गोप्य गरी राखिनेछ ।
(२) उपनियम (१) बमोजिमको कार्य सम्पादनको मूल्याङ्कन फारामको एक एक
प्रति सम्बन्धित कार्यालयले सहायक तहको कर्मचारीको हकमा सम्बन्धित बढुवा
समितिको कार्यालय र मन्त्रालयमा तथा अधिकृत तहका कर्मचारीको हकमा मन्त्रालय र
लोक सेवा आयोगमा समेत पठाउनु पर्नेछ ।